Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु


  • 1.0K
    Shares

    • images
    सुतिरहेको ठाउँमै आएर हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१४ बनकट्टीकी ४५ वर्षीया धाना बिष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार मंगलबार राति करिब ३ बजेतिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीले स्थानीय नन्दलाल बिष्टको कच्ची घरमा प्रवेश गरेर मान्छेलाई आक्रमण गरेको हो।

    कच्ची घर भत्काएर भित्र प्रवेश गरेको हात्तीले सुतिरहेको अवस्थामा नन्दलालकी श्रीमती धानालाई आक्रमण गरेको हो। उनलाई हात्तीले दाहिने खुट्टा, कुम र पुठ्युमा कुल्चेर गम्भीर घाइते बनाएको थियो।

    प्रहरी चौकी झुलुङ्गे र मझगाउ ब्यारेकबाट  खटिएको नेपाली सेनाको टोलीले धानालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याएको थियो। 
    उपचारको क्रममा मंगलबार बिहान महाकाली प्रादेशीक अस्पतालमा  महेन्द्रनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १०:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij