Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ?

प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ?


  • 1.8K
    Shares

    प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ?

    नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ। 

    कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी विनोद घिमिरेले पाएका छन्। यसअघिका प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोसी प्रदेशमा प्रहरी प्रमुख रिक्त भएको थियो। कार्कीलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ। 

    कोसी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए। त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए। 

    प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ।

    Dig_Bino-Ghimere_K6GZAgOKZP.png

    images
    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १८:२४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij