Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयोः मन्त्री घिसिङ

भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयोः मन्त्री घिसिङ


  • 974
    Shares

    भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयोः मन्त्री घिसिङ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गरेका छन् । 

    सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।  मन्त्री घिसिङले सो विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गरेका छन् ।

    पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिव १ अर्व २० करोड मुनाफा दिएको उल्लेख गर्दै उहाँले त्यसलाई क्षतिको रुपमा लिन नसकिने समेत दोहो¥यका छन् । 

    उनले भने,‘अब यसमा उहाँले भन्नुभयो छ यो कन्ट्रयाकमा ४३ करोड डिफरेन्समा दिनुभयो । ६ रुपैयाँ ७४ पैसामा नकिनेर ६ रुपैयाँ ९५ पैसामा किनेर ४३ करोड घाटा गर्नुभयो उहाँहरुले भनेर त्यसमा ठूलो चलखेल भयो भनेर कहाँ  कहाँबाट बाहिर आयो । लेख्नुभयो । पहिलो कुरा अघि उहाँले भनिसक्नु भयो । यो कन्ट्रयाक गरेर विद्युत प्राधिकरणले अहिले ८ रुपैयाँ १० पैसामा किन्नुपर्ने बाध्यतात्मक स्थिति थियो । पिइसी कन्ट्रयाकमा बिहार र युपीबाट । यदि यो कन्ट्रयाक नगरेको भए । त्यो भएको हुनाले हामीले एक अर्ब २० करोेड रुपैयाँ बचाएका छौँ । त्यो त हामीले बाध्यात्मक रुपमा लिनैपर्छ । नत्र लोडसेडिङ गर्नुपर्ने पनि हुन सक्छ । त्यो भएको हुनाले त्यो पिइसीको ८ रुपैया १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेट १ रुपैयाँ १५ पैसा हामीलाई नाफा छ । करिव १ अर्व २० करोड हामीलाई फाईदा छ । अर्को ७ रुपैयाँ ७० पैसाको जुन कोड गरेको थियो एमविविएनले । त्यसबाट हेर्दा हामीलाई ७५ करोड फाईदा छ । अर्को पनि एउटा मेकानिज्म छ । हरेक दिन हामीले ट्रडिङबाट लिन्छौं । ३ वटा मार्केटबाट हामी पावर लिन्छौं । डे अहेड मार्केट । भोलीको रातको १२ बजेसम्मको हामीले आज १० बजे बिड गर्छौ । त्यो अटोमेटिक रेट हुन्छ । हामीले किन्नुपर्छ ।’

    मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताएका छन् । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उनले स्पष्ट पारेका छन् । 

    images
    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १५:०४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij