Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एमाले नुवाकोटमा महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन तोकियो १० हजार शुल्क

एमाले नुवाकोटमा महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन तोकियो १० हजार शुल्क


  • 1.1K
    Shares

    एमाले नुवाकोटमा महाधिवेशन प्रतिनिधि उम्मेदवार हुन तोकियो १० हजार शुल्क

    काठमाडौं । नेकपा (एमाले) नुवाकोटले महाधिवेशन प्रतिनिधिको उम्मेदवार दस्तुर १० हजार रुपैयाँ तोकेको छ।

    गत मंसिर ६ गते बसेको जिल्ला कमिटी बैठकले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनेका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरेको हो

    मंसिर १३ गते एमालेले देशैभर एकैदिन महाधिवेशन प्रतिनिधि छान्दैछ। ६ लाख ६७ हजार प्रतिनिधिमध्येबाट करिब एक हजार प्रतिनिधि छानिँदैछन्।

    जिल्ला कमिटी नुवाकोटले अन्तर कमिटी निर्देशन २ जारी गर्दै सोमबारदेखि नै निर्वाचन तालिका सार्वजनि गरेको छ। निर्वाचन कार्यक्रमअन्तर्गत आज ११ बजे मतदाता नामावली प्रकाशित गरिएको छ। मंगलबार बिहान १० देखि दिउँसो २ बजेसम्म दाबी विरोधको समय छुट्टयाइएको छ। मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।

    १० गते बिहान ११ बजे प्रतिनिधि सभा बैठक बसेर सहमतिको प्रयास गर्ने र सहमति नभएर निर्वाचन हुनेछ। दुई क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १ मा युवा १, महिला २, खुला ४ सदस्य निर्वाचित हुनेछन्। क्षेत्र नम्बर २ मा युवा १, महिला २, खुला ४ सदस्य निर्वाचित हुनेछन्।

    नुवाकोट जिल्लामा दलित क्लस्टरबाट एक जनाको मात्रै प्रतिनिधित्व हुनेछ। पार्टीको अन्तरपार्टी निर्देशन, निर्णय प्रतिकूल हुने गरी दस्तुत तोकिएको भन्दै सदस्यहरूले विरोध जनाएका छन्। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते काठमाडौंमा हुँदैछ।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १४:१९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij