Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक लाख ५७ हजार भन्दा बढीले दिए मतदाता नामावलीका लागि निवेदन

एक लाख ५७ हजार भन्दा बढीले दिए मतदाता नामावलीका लागि निवेदन


  • 715
    Shares

    • images
    एक लाख ५७ हजार भन्दा बढीले दिए मतदाता नामावलीका लागि निवेदन

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलन अवधि ९मङ्सिर ५ गतेसम्म० मा कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले निवेदन दिएका छन्।

    निवेदन दिनेहरूमध्ये ५८ हजार ९२५ जनाले निर्वाचन कार्यालयमा पुगेर र ९८ हजार ६८८ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत नामावली दर्ताका लागि निवेदन दिएका हुन्। जिल्लागत रूपमा सबैभन्दा धेरै निवेदन प्रदेश निर्वाचन कार्यालय, विराटनगरबाट ४४ हजार ४०२ जनाले दिएका छन् भने झापाबाट ३५ हजार ३१९ र सुनसरीबाट ३२ हजार ३८२ जनाले निवेदन दिएका छन्।

    ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट छ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२, भोजपुरबाट दुई हजार ९०९, खोटाङबाट चार हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट पाँच हजार ९३२ र उदयपुरबाट आठ हजार ७१७ जनाले निवेदन दिएका छन्।

    प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको छ। निर्वाचन आयोगले आफू बसेको स्थानको वा अनुकूल पर्ने कुनै पनि निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। उनले सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरू मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने बताए।

    अधिकारीका अनुसार निवेदन दिनेहरू दोहोरिएको, पायक पर्ने स्थानबाट दर्ता गरे पनि अन्यत्र जिल्लाको मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ। गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता थिए।

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १२:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij