२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ। श्रीनगर एग्रीटेकको आइपीओ आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो।
कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको छ।
श्रीनगर एग्रीटेकको कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ३२ लाख ६२ हजार ५०० कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ३० लाख ५० हजार कित्ता (८० प्रतिशत) रहेको छ।
पहिलो कारोबारका लागि नेप्सेले यस कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.५९ रुपैयाँदेखि अधिकतममा ३०१.७७ रुपैयाँ तोकेको छ। अब आइतबार प्रिसेसनमा कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij