Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आज सेना परिचालनको निर्णय गर्ने

आज सेना परिचालनको निर्णय गर्ने


  • 701
    Shares

    आज सेना परिचालनको निर्णय गर्ने
    images

    काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो। 

    आजको बैठकले सेना परिचालन गर्ने निर्णय गर्ने तयारी छ। यसअघि बिहीबारको सुरक्षा परिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेना परिचालनका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको थियो। 

    बिहीबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। सरकारले निर्वाचन केन्द्रित शान्ति सुरक्षामा ध्यान दिँदै सेना परिचालनको तयारी गरेको हो।  

    सुरक्षाको वातावरण बनाउन भन्दै सरकारले यसपटक नेपाली सेनालाई चाँडै फिल्डमा उतार्न लागेको छ। यसअघिका निर्वाचनमा निर्वाचन हुनुभन्दा एक महिनाअघि मात्रै सेना परिचालन गरिँदै आएको थियो। 

     

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - १३:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij