Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायको धर्ना (तस्बिरहरु)

आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायको धर्ना (तस्बिरहरु)


  • 715
    Shares

    आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायको धर्ना (तस्बिरहरु)
    images

    काठमाडौं । पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्व पीडित समुदायले धर्ना दिएका छन् । शुक्रवार सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।

    समुदायले विस्तृत शान्ति सम्झौता भएको २० वर्षगाँठको सन्दर्भमा द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडित समुदायले धर्ना दिएका हुन् । उनीहरुले विधि र प्रक्रिया मिचेर तेस्रो पटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिला आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तत्काल खारेज गर्न माग गरेका छन् । 

    आम द्वन्द्व पीडित समुदायले आफ्नो पीडा, आँशु र अन्यायको सम्बोधन गर्ने कुनै विश्वास र भरोसा नभएका आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी भएको जिकिर गरेका छन् । 

    पीडित समुदायले बहिष्कार गरेका आयोग पदाधिकारीले पदलोलुपता छोडेर तत्काल राजीनामा गर्न माग गरेका छन् । साथै उनीहरुले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्ग प्रशस्त गर्न माग पनि गरेका छन् ।

    प्रकाशित मिति :मंसिर ५ २०८२ शुक्रवार - ११:४४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij