Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निकोलस भुसाल फेरि पक्राउ

निकोलस भुसाल फेरि पक्राउ


  • 1.6K
    Shares

    निकोलस भुसाल फेरि पक्राउ

    काठमाडौँ प्रहरीले निकोलस भुसाललाई फेरि नियन्त्रणमा लिएको छ। केही दिनअघि मात्रै ५० हजार धरौटीमा रिहा भएका भुसाललाई काठमाडौँ प्रहरीले बिहीबार साँझ पुन: नियन्त्रणमा लिएको हो। 

    'उहाँको मुद्दा टुंगो लागिसकेको छैन अनुसन्धानकै क्रममा हुनुहुन्छ। थप बुझ्नुपर्ने भएकाले बोलाएका हौँ,'  काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, 'आज सोधपुछ पछि उहाँ जानुहुन्छ। भोलि फेरि आउनुहुन्छ।'

    यसअघि कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका भुसाल धरौटीमा रिहा भएका थिए। उनलाई कात्तिक २५ गते मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। 

    कात्तिक २४ गते सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो।

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - २१:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij