Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अमेरिकाबाट अमानवीय व्यवहार गर्दै डिपोर्ट भए ३५ नेपालीः विद्यार्थी भिसाका पनि फर्काइए

अमेरिकाबाट अमानवीय व्यवहार गर्दै डिपोर्ट भए ३५ नेपालीः विद्यार्थी भिसाका पनि फर्काइए


  • 2.0K
    Shares

    अमेरिकाबाट अमानवीय व्यवहार गर्दै डिपोर्ट भए ३५ नेपालीः विद्यार्थी भिसाका पनि फर्काइए

    काठमाडौं । अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपाली मंगलबार राति अमानवीय व्यवहारसहित काठमाडौं फिर्ता (डिपोर्ट) भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा सोधपुछपछि उनीहरू आ-आफ्नो बासस्थान फर्किए ।

    अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्किएका ३५ मध्ये सबै तल्लो बाटो, अर्थात् ‘डंकी रुट’ प्रयोग गरेका थिए । सबैले विभिन्न दलाललाई पैसा बुझाएका थिए । तर, ती दलाल को-को हुन् भन्नेबारे केही बताउन चाहेनन् । प्रहरीको प्रश्न थियो, ‘कोहीमाथि उजुरी गर्नुपर्ने छ कि ?’ यसको जवाफमा सबैले उजुरी नगर्ने भनेका थिए ।

    फर्किने क्रममा आफ्ना सामान बोरामा हालेर ल्याइएको, अमेरिकाबाट जहाजमा चढेदेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो । हात र खुट्टा नै बाँधिएका कारण जहाजमा राम्रोसँग सुत्न नपाएको गुनासो गरेका थिए ।

    उनीहरूले प्रहरीलाई भने, ‘निद्रा पुगेको छैन, खान पनि राम्रोसँग पाइएन ।’ निराश र हतास मनस्थितिमा देखिएका उनीहरुले अमेरिका जाने क्रममा पैसा दिइएका व्यक्तिसँग आफैँले सम्पर्क गर्ने भनेका छन् । कतिपयलाई अमेरिका पठाउने एजेण्टले रकम फिर्ता दिने भनेका कारण उजुरी गर्न चाहेनन् ।

    सोमबार फर्काइएकामा ३६ वर्षीया शाह थरकी एक्ली महिला छन्, त्यस्तै १९ वर्षीय किशोर पनि छन् । डिपोर्ट गरिएकामध्ये केही विद्यार्थी उमेरका नेपाली छन् ।

    ‘डंकी रुट’ बाट अमेरिका गएर पनि अध्ययनसँगै काम गरिरहेका ती युवा बढी निराश देखिएको सोधपुछ गर्ने प्रहरीले  बताए ।

    डिपोर्ट भएका नेपालीको सूची–

    deport-list.jpg

     

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १४:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij