Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पूरा नभएर सरकारलाई फिर्ता बोलाउने

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पूरा नभएर सरकारलाई फिर्ता बोलाउने


  • 1.2K
    Shares

    राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पूरा नभएर सरकारलाई फिर्ता बोलाउने

    काठमाडौं । विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग छन् ।

    जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल एक थान चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । सरकार दिशाहिन अवस्थामा रहेको उनीहरुले आरोप लगाएका छन् ।

    ‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहिद परिवारका माग यो सरकारले तत्काल सम्वोधन गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

    यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसकेमा सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपनिलाई आग्रह गरिएको छ । अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ ।

    ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन् ।

    ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कारवाही, जेन्जी घाइतेहरुको उपचार र जेनजीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।

    12.jpg

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १४:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij