Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कोरोनाका कारण एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

कोरोनाका कारण एमाले प्रदेश कमिटी सदस्यको मृत्यु


  • 5.5K
    Shares

    कोरोनाका कारण एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

    कैलाली । कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।

    लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आउनुभएको थियो । उहाँको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रासस

     

    प्रकाशित मिति :बैशाख ३० २०७८ बिहिवार - १२:२२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij