Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मतदाता नामावलीमा नाम दर्ता गर्न अब १ दिन मात्रै बाँकी

मतदाता नामावलीमा नाम दर्ता गर्न अब १ दिन मात्रै बाँकी


  • 603
    Shares

    मतदाता नामावलीमा नाम दर्ता गर्न अब १ दिन मात्रै बाँकी

    काठमाडौं । आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय अब १ दिन मात्र बाँकी छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा भोलि मंसिर ५ सम्म मात्र नाम लेखाउन पाइनेछ। 

    आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुँदै छ। त्यसमा मतदान गर्न नागरिकलाई मंसिर ५ भित्र मतदाता सूचीमा समावेश हुन भनिएको छ। 

    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाहिर घर भई काठमाडौं उपत्यकामा रहेका नागरिकलाई मतदाता सूचीमा नाम लेखाउन आआफ्ना जिल्ला जान आग्रह गरेका छन्। 

    बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले अगाडि भनेका छन्, ‘देशलाई सही बाटोमा लैजान फाल्गुन २१ को आम चुनावमा युवा नेताहरू चुनेर देशलाई समृद्ध बनाउने कि पुरानै नेताहरूलाई फेरि पनि ल्याएर देशलाई टाट पल्टाई आफ्नो भविष्य अन्धकारतिरै धकेल्ने भन्ने जिम्मेवार सम्पूर्ण जनताहरूकै हातमा छ।’ ।

    images
    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १२:०५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij