Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तनहुँमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, ५ घाइते

तनहुँमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु, ५ घाइते


  • 365
    Shares

    • images
    तनहुँमा जिप  दुर्घटना हुदाँ एक जनाको मृत्यु, ५ घाइते

    काठमाडौं । तनहुँमा जिप दुर्घटना हुँदए एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। 

    बुधबार साँझ छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से.१ च ६५१ नम्बरको बोलेरो जिप आँबुखैरेनी गाउँपालिका(३ आँबुगाउँस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा चितवनको इच्छाकामना गाउँपालिका-५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब निरीक्षक श्रवणकुमार बिकले जानकारी दिए। चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल खसेको हो। गाडीमा ११ जना सवार थिए।

    घाइते हुनेमा इच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङ, सोही स्थानका २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ तथा कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन्।  घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १०:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij