२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सगरमाथा आरोहणका क्रममा बुधबार दुई जना आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार, सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको हो ।
स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको मृत्यु भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन्।
अब्दुल सगरमाथा आरोहण गरेर फर्कने क्रममा साउथ समिटमा बसेका थिए। बसेको ठाउँमै उनको ज्यान गएको आचार्यले बताइन् । त्यस्तै, पुवे लिउको सात हजार नौ सय मिटरको उचाइमा हिउँ 'ब्लाइन्डनेस' र थकानबाट मृत्यु भएको हो । उनीहरूको आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो ।
बुधबार मात्रै ७० जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यो याममा मात्रै एक सय ८२ जनाले सगरमाथा आरोहण गरिसकेका छन् । अझै दुई सय जनाभन्दा बढी आरोहणको तयारीमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij