Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)

एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)


  • 778
    Shares

    • images
    एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)

    काठमाडौं । एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु हुने भएको छ। 

    युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा निःशुल्क बस सेवा सुरु हुन लागेको मन्त्री बब्लु गुप्ताले बताएका छन् ।  मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

    चिसो मौसम र सवारी साधनको अभावले विशेष गरी महिला, वृद्ध र अशक्त दर्शकले भोग्दै आएको समस्या समाधान गर्न मुस्कान ट्राभल्सको सहकार्यमा यो सेवा सञ्चालन हुँदैछ।

    बस सेवा आजदेखि खेल अवधिभर बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध रहनेछ। 

    टीयू क्रिकेट मैदानबाट विभिन्न स्थानतर्फ हुने यात्रा निम्न रुटमार्फत हुनेछ :

    रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु
    रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
    रुट ३ : टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल
    रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

    संबन्धित निकायहरूले यो सेवाले राति घर फर्कने दर्शकका लागि धेरै सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १८:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij