Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)

एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)


  • 386
    Shares

    एनपीएल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा (रुटसमेत)
    images

    काठमाडौं । एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु हुने भएको छ। 

    युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा निःशुल्क बस सेवा सुरु हुन लागेको मन्त्री बब्लु गुप्ताले बताएका छन् ।  मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

    चिसो मौसम र सवारी साधनको अभावले विशेष गरी महिला, वृद्ध र अशक्त दर्शकले भोग्दै आएको समस्या समाधान गर्न मुस्कान ट्राभल्सको सहकार्यमा यो सेवा सञ्चालन हुँदैछ।

    बस सेवा आजदेखि खेल अवधिभर बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध रहनेछ। 

    टीयू क्रिकेट मैदानबाट विभिन्न स्थानतर्फ हुने यात्रा निम्न रुटमार्फत हुनेछ :

    रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु
    रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
    रुट ३ : टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल
    रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

    संबन्धित निकायहरूले यो सेवाले राति घर फर्कने दर्शकका लागि धेरै सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १८:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij