२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कार्तिक २४ गतेबाट हराएकी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव भेटिएको छ। धरानस्थित सर्दु जलाधारस्थित खोल्सामा शव फेला परेको हो । प्रहरीले घटनास्थल हेर्दा शङ्कास्पद देखिएको जनाएको छ ।
निरौला गत २४ कार्तिक बिहान साढे ८ बजे घरबाट निस्किएकी थिइन् । घरबाट हिँडेकी निरौला घर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए ।
प्रहरीले खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिएको र परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । कार्तिक २७ गते उनले लगाएको स्वेटर र ब्याग फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ ।
उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताए । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij