Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छः अर्थमन्त्री खनाल

अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छः अर्थमन्त्री खनाल


  • 498
    Shares

    • images
    अन्तरिम सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छः अर्थमन्त्री खनाल

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधारः सार्वजानिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् । अन्तरिम सरकारलाई निर्वाचन गराउने म्याण्डेट रहेकाले करका दरहरु हेरफेरमा आफू नलागेको स्पष्ट पारेका छन् । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानूनसम्मत तरिकाले आफूहरु अघि बढिरहेको जिकिर गरेका छन् ।

    अर्थमन्त्री खनालले भने, ‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानूनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरुले पनि हेरिरहनुभएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यवसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पु¥याउन पनि चाहेको छैन ।’

    अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताएका छन् ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १२:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij