Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक


  • 1.1K
    Shares

    ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । त्यसबाहेक सचिवालय बैठकमा मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । 

    नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ गर्दैन भन्ने चासो रहेको छ ।

     

    images
    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १०:११:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij