Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ग्रीनेदी इनर्जीले आईपीओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

ग्रीनेदी इनर्जीले आईपीओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


  • 1.1K
    Shares

    ग्रीनेदी इनर्जीले आईपीओ निष्काशन गर्दै,  बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त
    images

    काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८२ मंसिर १ गते सोमबार सम्पन्न भयो । सम्झौतामा ग्रीनेदी इनर्जी  लिमिटेडका तर्फबाट अध्यक्ष श्री युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री आशिष गौचनले हस्ताक्षर गरे । कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो ।

    कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी मिति २०८२\०१\०८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो । 

    ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष श्री युरेश मान कायस्थले व्यक्त गरे । 

     

     

    प्रकाशित मिति :मंसिर २ २०८२ मंगलवार - १०:३६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij