२०८२ भाद्र ३ गते मंगलवार
झापा । जंगली हात्तीको आक्रमणबाट बिहीबार बिहान झापाको कमल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । आज बिहान ५ बजे रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा लिम्बूलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको हो । लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij