Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन


  • 1.0K
    Shares

    रास्वपाले दियो दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गरेको हो ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिनुए । उनले विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि निर्वाचनमा केन्द्रित हुने निष्कर्षमा आफ्नो पार्टी पुगेको समेत बताए ।

    नेतृ अधिकारीले भने, ‘हामी निर्वाचन केन्द्रित भएका छौ । हाम्रा सम्पूण गतिविधि निर्वाचनसँग सम्बन्धित छन् । बैकल्पिक शक्तिहरुको पनि निर्णायक भुमिका खेलिरहेको हाम्रो पार्टी जिम्मेवारी बोधका साथ लागेका छौँ । हामीले विधिको शासन, नागरिकको सर्वोच्चता र संविधानलाई ट्रयाकमा ल्याउन पनि हामी सबै फागुन २१ को निर्वाचनमा होमिनु पर्दछ भन्ने निष्कर्ष निकालेका छौँ ।’

    त्यस अवसरमा नेतृ अधिकारीले जेनजी आन्दोलनपछि सबै भन्दा पहिला मुलुकलाई निर्वाचनमा लैजानुपर्छ भनेर माग गर्ने पार्टी नै रास्वपा रहेको दाबी समेत गरे ।

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १५:३७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij