Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जेनजीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

जेनजीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आफ्नै सरकार बनाउ, आफैँ पूरा गर


  • 2.2K
    Shares

    जेनजीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन, आफ्नै सरकार बनाउ, आफैँ पूरा गर
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेनजी युवाहरुलाई आग्रह गरेका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

    उनले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गरेका छन् ।  मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गरेका छन् । केही मागहरु पनि विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ । 

    उनले भने, ‘अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेन जीका भाई बहिनीहरु काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने । केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन ।’

    जेनजी २.० ले १६ वर्षको उमेरमा एस.ई.ई. पास गरी सिटिईभिटि मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरुको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ । विद्यार्थीका मागहरु समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सिटिइभिटीको हुने बताएको छ ।

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १५:२६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij