Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वैदेशिक रोजगार संघमा लफडा: अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कट्टेलले दिए राजीनामा

वैदेशिक रोजगार संघमा लफडा: अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कट्टेलले दिए राजीनामा


  • 1.3K
    Shares

    वैदेशिक रोजगार संघमा लफडा: अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कट्टेलले दिए राजीनामा
    images

    काठमाडौं । नेपाल वैदेशिक रोजगार संघबाट सदस्य मिलन कट्टेलले राजीनामा दिएका छन् । अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कट्टेलले राजीनामा गरेका हुन् ।

    एशिया लिंक सर्भिसेज प्रालिका सञ्चालनक कट्टेलले संघको औचित्य समाप्त हुने गरी अध्यक्षले व्यवहार देखाएको आरोप लगाएका छन् । व्यवसायीको हक हितमा काम गर्न नसकेको उल्टै जेल हाल्ने धम्की दिएकाले धेरै सदस्य बाहिरिने मनस्थितिमा पुगेको एक व्यवसायीको जिकिर छ ।

    ‘सिनामंगलस्थित भैरव म्यानपावरसम्बन्धी विषयलाई लिएर अध्यक्षले आधिकारिक ग्रुपमा व्यक्त गरेको धारणा र त्यो धारणामा तल्लो स्तरको भाषा, धम्की थर्काइ, व्यवसायीविरोधी अभिव्यक्तिले म लगायत धेरै व्यवसायीहरुमा गम्भीर निराशा र असुरक्षित महसुस गरिएको छ ।

    नेतृत्वले व्यवसायीको अभिभावक बन्नुपर्ने ठाउँमा पटकेमा जेल जान्छ भन्ने धम्की दिने, पीडित पक्षलाई नबोलाउने, सत्य तथ्य नसुन्ने, अनधिकृत व्यक्तिहरूलाई फोन गराएर व्यवसायीलाई ब्ल्याक मेल गराउने, अध्यक्षीय हैसियतमा संघलाई होइन, व्यक्तिगत अहं बचाउने शैलीमा धारणा राख्ने र व्यवसायीविरुद्ध उभिने व्यक्तिहरूको संरक्षण गर्ने आएको छ’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

    नेतृत्वकै कारण संघ व्यवसायीको घर नभई व्यवसायीलाई डर, असुरक्षा र अपमान महसुस गराइने ठाउँ बनेको उनको जिकिर छ । जापानको एसएसडब्लूमा सुरुमा आफ्नो एजेन्सीबाट काम गराउन खोजेको र अध्यक्षले नै चर्को कमिसन तिरेर अन्य व्यवसायीको काम हत्याएको आरोप लागेको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १७:५७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij