Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार बढ्यो

युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार बढ्यो


  • 582
    Shares

    युनाइटेड अजोड इन्स्योरेन्सको व्यापार बढ्यो

    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ। 

    चालु वर्ष असोजसम्म कम्पनीले ७१ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.४५ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा अवधिमा २४ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क २७.२१ प्रतिशतले बढेको छ भने कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब २ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

    हाल कम्पनीको चुक्तपुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २६.१८ रुपैयाँले ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६९.४९ रुपैयाँ रहेको छ।

     

     

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - १२:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij