Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक


  • 687
    Shares

    सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ।

    कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ भने कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले असोजसम्म १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ भने कम्पनीको  शेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको 
    छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी बढेर ११.९३ रुपैयाँ कायम भएको छ। पीई रेसियो ४९.१२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक ३० २०८२ आइतवार - ११:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij