Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने


  • 1.1K
    Shares

    झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने
    images

    काठमाडौं । झापा इनर्जीको शेयर आगामि आइतबारबाट कारोबारमा आउने भएको छ। झापा इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

    कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको झापा इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

    झापा इनर्जीको कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जस मध्ये सर्वसाधारणको ९ लाख ५० हजार ४७५ कित्ता (२५ प्रतिशत) र संस्थापकको २८ लाख ५१ हजार ४२५ कित्ता (७५ प्रतिशत) रहेको छ।

    पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.१२ रुपैयाँदेखि अधिकतममा ३००.३६ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने भएको छ।

     

     

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १३:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij