Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ६६ करोड २८ लाख, अन्य सूचक कस्ता छन् ?

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ६६ करोड २८ लाख, अन्य सूचक कस्ता छन् ?


  • 1.1K
    Shares

    सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ६६ करोड २८ लाख, अन्य सूचक कस्ता छन् ?
    images

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनी २९ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको छ । 

    अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पछिल्लो समय नेपालमा विषम परिस्थती कारण पनि पनि घाटमा देखिएको हो ।

    कम्पनीले समीक्षा अवधिमा ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    कम्पनीले ३० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने २ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीको महाविपत्ती कोषमा २२ करोड ६० लाख रहेको छ । कम्पनीले अभिकर्ता कमीसन मार्फत ८० लाख रुपैयाँ खर्च गरेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी घटेर ४२ रुपैयाँ ५५ पैसा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ३३ पैसा रहेको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १३:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij