Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अरु यस्ता छन् सुचक

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अरु यस्ता छन् सुचक


  • 785
    Shares

    नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, अरु यस्ता छन् सुचक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। 

    अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ४.९४ प्रतिशतले बढेको छ।

    चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ४५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.७८ प्रतिशतले बढेको छ।

    कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड ६७ लाख रुपैयाँ रहेको छ भने कम्पनीले चालु वर्षको असोजसम्म १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

    कम्पनीले १३ अर्ब ५० करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.८२ प्रतिशतले बढेको छ। हाल कम्पनीको शेयरपुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी घटेर ९.५५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ७७.९९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :कार्तिक २८ २०८२ शुक्रवार - १२:०६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij