Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन


  • 1.0K
    Shares

    • images
    ससंदीय समितिद्वारा अध्यागमन विभागको अवलोकन

    काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ । बिहीवार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो ।

    विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरुलाई जानकार गराए । विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भएपनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको पनि बताए। उनले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको उनको भनाइ छ । 

    उनले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाई गर्ने तर विदेशी नागरिक जस्तो भएपनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताए । उनले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गरे।

    प्रकाशित मिति :कार्तिक २७ २०८२ बिहिवार - १६:४८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij