Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म


  • 1.4K
    Shares

    दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म

    काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन् । 

    मागपत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।

    सरकारलाई माग पेस गरेपछि अभियान सदस्यले सरकारसमक्ष पेस गरेका माग पढेर सुनाएका छन् । ‘नेपाल नेपालीले नै बनाउने हो, नेपालमै व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, हिन्दु राज्य स्थापनाका लागि जनमत सङ्ग्रह गरिनुपर्ने’, सरकारसमक्ष पेस गरेका मागमा भनिएको छ, ‘प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र र १४ अञ्चलको व्यवस्था गर्नुपर्ने । ’

    त्यस्तै, बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।नेपालमै सीपअनुसारको रोजगारी र खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

    d1.jpg

    d2.jpg

    images
    प्रकाशित मिति :कार्तिक २६ २०८२ बुधवार - १३:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij