२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । सरकार र मेलम्चीका स्थानीयबीच अझै सहमति जुट्न सकेको छैन । मंगलबार खानेपानी मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि काठमाडौं उपत्यकामा पानी आउने अनिश्चितता बढेको हो ।
गत बिहीबारदेखि स्थानीयले मेलम्चीको पानी काठमाडौं पठाउन दिएका छैनन् । उनीहरूले सरकारसँग विगतमा भएका माग पूरा हुनुपर्ने माग राखेका छन् ।
नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार, अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।
“सोमबारको वार्ता निष्कर्षविहीन बनेको थियो । आज केही पनि भएको छैन । हामीले अब हेलम्बु मुहानमै गएर बस्ने तयारी र छलफल गरेका छौँ,” उनले भने ।
गत आइतबार प्रधानमन्त्री शुशीला कार्कीले मेलम्ची खानेपानीको अवरोध हटाउन पहल गर्न निर्देशन दिएकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालेन्जे ह्योल्मोलाई भेटेर अवरोध हटाउन पहल गरिदिन अनुरोध गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij