Logo

२०८२ मंसिर २५ गते बिहिवार

२०८२ मंसिर २५ गते बिहिवार

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो, ३० जनाभन्दा बढी गम्भीर घाइते

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो, ३० जनाभन्दा बढी गम्भीर घाइते


  • 1.1K
    Shares

    दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो, ३० जनाभन्दा बढी गम्भीर घाइते
    images

    काठमाडौँ । भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो स्टेशननजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले बताएका छन्।

    स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनीष कुमार झाले भने, ‘३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।’

    प्रहरीले विस्फोटको कारणको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

    दिल्ली प्रहरी आयुक्तका अनुसार साँझ सडकमा रातो बत्तती बलेपछि गाडी रोकियो। त्यसपछि त्यो गाडीमा एक्कासि विस्फोटभएको हो। अग्निनियन्त्रक प्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्तीमा छ वटा गाडी र तीनवटा अटोरिक्शामा आगो लागेको थियो।’

     

    प्रकाशित मिति :कार्तिक २५ २०८२ मंगलवार - ०५:३७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij