२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौँ । भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो स्टेशननजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले बताएका छन्।
स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा. मनीष कुमार झाले भने, ‘३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन्। धेरै जना निको हुने अवस्थामा छैनन्।’
प्रहरीले विस्फोटको कारणको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।
दिल्ली प्रहरी आयुक्तका अनुसार साँझ सडकमा रातो बत्तती बलेपछि गाडी रोकियो। त्यसपछि त्यो गाडीमा एक्कासि विस्फोटभएको हो। अग्निनियन्त्रक प्रमुखलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘कम्तीमा छ वटा गाडी र तीनवटा अटोरिक्शामा आगो लागेको थियो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij