२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा.भीम रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिने भएका हुन्।
राउललाई आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका छन् । नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।
एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा भने फर्किएनन् । हिजो नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij