Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर

रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर


  • 659
    Shares

    रोजगारी सिर्जनाको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्छः अध्यक्ष कुँवर
    images

    काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले देशमा रोजगारी सिर्जनको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । ट्रेड युनियन कँँग्रेसले सोमवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन उनले यस्तो बताएका हुन् । 

    उनले नेपालमा हाल विकास न्युन मात्रै हुने गरेको बताएका छन्। चालु खर्च अत्याधिक हुने तर विकास खर्च नहुने उल्लेख गर्नुहुँदै उनले चालु खर्चलाई न्युनिकरण गरेर विकास खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । राज्यले छुट्याएको सबै विकास खर्चको काम भएमा देशमा नै रोजगारिको लागी आधार तयार हुने उनले बताएका छन् ।

    रोजगारि सिर्जनाको लागि सरकारले स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। सरकारले उद्योग व्यवसाय गर्ने सहज वातावरण बनाउनुपर्ने पनि उनको भनाई छ । उनले सीपयुक्त जनशक्ति निर्माणको लागी विद्यालय तहमा नै यसको वातावरण बनाउनुपर्ने पनि उल्लेख गरेका छन् । 

    उनले भने, ‘अहिले राज्यको के छ भने विकास खर्च भईरहेको छैन । चालु खर्च अत्याधिक भईरहेको अवस्था छ । हामी के भनिरहेका छौँ भने चालु खर्चलाई न्युनिकरण गर्नुप¥यो र विकास खर्चलाई बढाउनुप¥यो । त्यसको लागी राज्यले छुट्याएको ठुलो अंक छ, त्यसको २५ प्रतिशत पनि रकम खर्च हुँदैन । यर्थाथमा त्यो कामहरु भयो भने रोजगारीको आधार तयार हुन्छ भन्ने हामीलाई लागेको छ । अहिले हामीले के पनि भन्ने गरेका छौँ भने रोजगारीको लागी स्वरोजगारका कार्यक्रमहरु ईन्टरप्रेनरसिपहरु बन्नुप¥यो । उद्योग, व्यवसायलाई काम गर्ने वातावरण दिनुप¥यो । त्यो अवस्था भयो भने त्यहाँबाट रोजगारीहरु सिर्जना हुनसक्छ । उद्योग व्यवसायलाई जुन किसिमको संरक्षण, प्रोत्साहण हुनुपर्ने थियो, त्यो भईरहेको छैन । राज्यले त्यो गर्नुप¥यो ।’ 

    अध्यक्ष कुँवरले जेनजी आन्दोलनका कारण उद्योग कारखानामा भएको तोडफोड र आगजानीका कारण धेरै श्रमिकहरु बेरोजगार हुनुपरेको बताएका छन् । ट्रेड युनियन कांग्रेसले देशमा नै रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन, जेन जी आन्दोलनमा भएको आगजानी तोडफोड लगायतका घटनामा संलग्नलाई कारबाही गर्न, आगामी निर्वाचनमा श्रमिकहरुलाई कार्यस्थलबाटै मतदान गर्ने व्यवस्था गर्न, यवा तथा श्रमिकलाई पनि समावेशी रुपमा संसदीय लगायत सबै निर्वाचनमा भाग लिन पाउनेगरी कलष्टरको व्यवस्था गर्न माग गरेको छ ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १५:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij