Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

झुम्का कारागारमा एक कैदीको मृत्यु

झुम्का कारागारमा एक कैदीको मृत्यु


  • 428
    Shares

    झुम्का कारागारमा एक कैदीको मृत्यु
    images

    काठमाडौं ।  सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

    आइतबार बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।  अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६:१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए ।

    सरदारलाई जिल्ला अदालतको २ असोज २०८० सालको आदेशानुसार जिउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १२:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij