Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिदै, कार्यालय तोडफोडपछि टायर बालेर प्रदर्शन गर्दै

मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिदै, कार्यालय तोडफोडपछि टायर बालेर प्रदर्शन गर्दै


  • 407
    Shares

    मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिदै, कार्यालय तोडफोडपछि टायर बालेर प्रदर्शन गर्दै
    images

    काठमाडौं । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएसगैँ नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।

    एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दल एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । 

    नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १२:१६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij