Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सिटिजन्स बैंकद्धारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

सिटिजन्स बैंकद्धारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक


  • 883
    Shares

    सिटिजन्स बैंकद्धारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ। 

    यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा उपलब्ध गराइनेछ।

    सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाटै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्।

    यो डिजिटल ऋण सुविधा प्राप्त गर्न व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्नेछ। योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।

    यस अन्तर्गत न्यूनतम ५०,००० देखि अधिकतम  ५,००,००० सम्म ऋण लिन सकिनेछ। ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्नेछ। 

    प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले यो योजना कर्जालाई ग्राहक र बैंकसँग सहजरूपमा जोड्ने एउटा कोशेढुङ्गा भएको बताएका छन्।

     

    images
    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - ११:१८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij