Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी

प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी


  • 596
    Shares

    प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी
    images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । 

    कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिको समय छ भने कात्तिक ३० गते भित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समय रहेको छ ।

    मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्छ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० सम्म हुने र निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १० गते प्रकाशन गर्ने तयारी छ ।

    मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन मंसिर १ देखि पुस १५ गते सम्म सञ्चालन गर्ने भनिएको छ । समानुपातिक निर्वाचन तर्फ निर्वाचन अधिकृतको कार्यालय स्थापना मंसिर १५ गते, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी राजपत्रमा प्रकाशन गर्ने पुस १५ गते र समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने पुस १८ र १९ गते हुने भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय स्थापना २०८२ माघ २ गते गर्ने भनिएको छ । संयुक्त निर्वाचन संचालन केन्द्र तथा प्रहरी संचार एकाइ स्थापना र संचालन माघ २ गते देखि फागुन ३० गते सम्म गर्ने प्रारम्भिक कार्यतालिका रहेको छ ।

    निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गते सम्म अर्थात् १५ दिन दिने तयारी छ । मतपत्र ढुवानी गरि जिल्ला जिल्लामा पुर्याउने फागुन १२ गते भित्र गर्ने, प्रचार प्रसार निषेध अवधि फागुन १८ गते राति १२ बजेदेखि हुने भएको छ । मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने भएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २४ २०८२ सोमवार - १०:४४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij