Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै, मंसिर दोस्रो साता अधिवेशन बोलाउन सकिने

राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै, मंसिर दोस्रो साता अधिवेशन बोलाउन सकिने


  • 946
    Shares

    राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै, मंसिर दोस्रो साता अधिवेशन बोलाउन सकिने
    images

    काठमाडौं । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ । राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको हो ।

    आन्तरिक काम सुरु भएको छ । हल नहुँदा राष्ट्रिय सभाको बैठक बस्न सकेको छैन । हल व्यवस्थापन पनि भइसक्ने र अधिवेशन बोलाउन सकिनेबारे छलफल चलिरहेको छ ।

    अध्यक्ष दाहालका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिन सुझाव दिइएको छ । दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पाएको बताएका छन् ।

     

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १४:३३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij