२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट लुटिएका सामानसहित युवक पक्राउ परेको छ।
नेपाल प्रहरीको ट्रयाक सुट लगाएर हिँडिरहेको अवस्थामा अछामको मल्लेक गाउँपालिका-७ घर भई हाल कपन बस्ने २२ वर्षीय अमृत साउँदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनको कोठा खानतलासी गर्ने क्रममा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामान कम्प्युटर, सीपीयू, प्रिन्टर मेसिन, बर्सादी, बुट र तरबार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij