Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

युनिभर्सल शिक्षण अस्पतालले भन्यो - आफ्नो लागि आफैं अक्सिजनको व्यवस्था गर्नु, ४ बजेपछि दिन सक्दैनौं (विज्ञप्तिसहित)

युनिभर्सल शिक्षण अस्पतालले भन्यो - आफ्नो लागि आफैं अक्सिजनको व्यवस्था गर्नु, ४ बजेपछि दिन सक्दैनौं (विज्ञप्तिसहित)


  • 5.7K
    Shares

    • images
    युनिभर्सल शिक्षण अस्पतालले भन्यो - आफ्नो लागि आफैं अक्सिजनको  व्यवस्था गर्नु, ४ बजेपछि दिन सक्दैनौं (विज्ञप्तिसहित)

    बुटवल । भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ ।

    अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।

    बुधबार दिउँसो जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताए ।

    ढकालका अनुसार अस्पतालमा कोभिड-१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन् ।

    माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो ।

    १० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । ‘माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको थियो’ ढकालले भने ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ ।

    अक्सिजन अभावमा अस्पतालले नयां विरामी भर्ना गर्न सक्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।

    universal.jpg

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:२५:३८ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij