Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने


  • 1.1K
    Shares

    बुङ्गल हाइड्रोको शेयर नेप्सेमा सूचीकृत, भोलिबाट कारोबारमा आउने

    काठमाडौं । बुंगल हाइड्रोको भोलिबाट कारोबारमा आउने भएको छ। बुंगल हाइड्रोको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। 

    कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। त्यसैले यो कम्पनीको शेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।

    नेप्सेमा बुंगल हाइड्रोको ८३ लाख कित्ता शेयर सुचीकृत भएको छ। जसमा संस्थापकको ५३ लाख ९५ हजार (६५ प्रतिशत) र सर्वसाधारणको २९ लाख ५ हजार (३५ प्रतिशत) रहेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १००.८८ रुपैयाँ र अधिकतममा ३०२.६४ रुपैयाँ तोकेको छ।

    अब सोमबार प्रि-ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउने भएको छ।


     

    images
    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १४:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij