२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ । चिसो बढेसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो ।
जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ ।
ती व्यक्तिहरूसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा बस्तु बालेर धुवाँ उत्सर्जन घटाउनुपर्छ । ‘महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij