Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पूर्वमन्त्री आलमको निधनमा रौतहटका चार पालिकामा सार्वजनिक बिदा

पूर्वमन्त्री आलमको निधनमा रौतहटका चार पालिकामा सार्वजनिक बिदा


  • 554
    Shares

    पूर्वमन्त्री आलमको निधनमा रौतहटका चार पालिकामा सार्वजनिक बिदा
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज  शोक बिदा दिएका छन्।

    राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका छन्। 

    नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो। 

    नगरपालिकाहरूले सार्वजनिक सूचना मार्फत आइतबार आफ्ना कार्यालय र मातहतका निकायहरूमा कार्य स्थगन गरी शोक बिदा मनाइएको जानकारी दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २३ २०८२ आइतवार - १२:५८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij