Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

कोरोना खोप खरिद छानबिन गर्न आयोग माग गर्दै दायर रिट सर्वोच्चबाट दरपीठ

कोरोना खोप खरिद छानबिन गर्न आयोग माग गर्दै दायर रिट सर्वोच्चबाट दरपीठ


  • 5.7K
    Shares

    • images
    कोरोना खोप खरिद छानबिन गर्न आयोग माग गर्दै दायर रिट सर्वोच्चबाट दरपीठ

    काठमाडौं । कोरोना भाइरसविरुद्धको औषधि, खोप र स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायलाई विपक्षी बनाई दायर गरेको उक्त रिट सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीले कोभिड–१९ नियन्त्रणसँग सम्बन्धित औषधि, खोप एवं स्वास्थ्य सामग्री खरिद र वितरणका क्रममा भएको कालोबजारी, कमिसन लेनदेन र भ्रष्टाचारका विषयमा छानबिन गर्न डा. दवारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्री र डा. गोविन्द केसीजस्ता निष्कलंकित, निडर र सक्षम व्यक्ति रहेको नागरिक आयोग सर्वोच्च अदालतबाटै गठन गरिदिन पनि माग गर्दै रिट दिएका थिए ।

    सर्वोच्चका रजिस्ट्रार पन्थीले छानबिन समिति गठन गर्ने विषय अदालतको अधिकार क्षेत्रमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले उक्त दरपीठविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दिएका छन् ।

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:१९:४० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij