२०८२ मंसिर १२ गते शुक्रवार
रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको ईशनाथ नगरपालिकाले शोक बिदा दिएको छ ।
रौतहट क्षेत्र नं .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ । नगरपालिकाको कार्यालय तथा मातहतका कार्यलयमा शोक बिदा दिइएको ईशनाथ नगरपालिका अधिकृत सातौं इसराजुल खाँले जानकारी दिए । उनले नगर प्रमुखको आदेश अनुसार शोक बिदा दिएइएको उल्लेख गरे।
नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री आलमको शनिबार काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आलमको मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिसकेको पारिवारिक स्रोतले बताएको छ ।
आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij