Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

ग्राण्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

ग्राण्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने


  • 5.9K
    Shares

    • images
    ग्राण्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

    काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले नयाँ बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

    एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

    आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।

    ggg.jpg

    प्रकाशित मिति :बैशाख २९ २०७८ बुधवार - १४:१५:३२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij