Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन

पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन


  • 1.1K
    Shares

    पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनःगठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् । शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

    उनले पुनः गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्नेकुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताएका छन् ।  सञ्चारमाध्यममा गएर ¥याईं¥याईं गर्नुको औचित्य नरहेको उनको स्पष्टोक्ति छ । संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताएका छन् ।

    उनले भने, ‘पार्टीमा पुनःगठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनःगठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो ¥याईं¥याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो ¥याईं¥याईं गरेको छ । एउटा पत्रिका भनेको छ, ¥याईं¥याईं गरेको छ । यो ¥याईं¥याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?

    अध्यक्ष ओलीले आफूलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताएका छन् । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताएका छन् । 

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - १७:४५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij