२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष ओलीले काँग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताएका छन् । उनले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि काँग्रेसमा नेतृत्वको अभाव देखिएको बताएका छन् । अध्यक्ष ओलीले देउवाकै अभावमा काँग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गरेका छन् ।
उनले भने, ‘काँग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । काँग्रेससँग हाम्रो संवाद भईरहेको छ । काँग्रेस फाईनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब काँग्रेस भित्र जटिलता छ । शेरबहादुर जी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ शेरबहादुर जी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन । पहिलानै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन । सबैले भाग लिन्छन् बोल्नका लागि ।’
अध्यक्ष ओलीले काँग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij